पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि पूर्वनिर्धारित आमसभाको कार्यक्रम स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशको विभिन्न कार्यक्रममा सहभागी भइरहेका पूर्व राजा शाह सोही दिन काठमाडौँ फर्किने कार्यतालिका तय भएकोले सो दिनको आमसभा स्थगित गरिएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
'पूर्व राजाको काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ', पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा शाह अहिले गण्डकी प्रदेशमा छन् र हिजोमात्रै बागलुङ कालिकाको दर्शनमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
-
राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइयो : सांसद खान
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन