पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि पूर्वनिर्धारित आमसभाको कार्यक्रम स्थगित गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकले २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशको विभिन्न कार्यक्रममा सहभागी भइरहेका पूर्व राजा शाह सोही दिन काठमाडौँ फर्किने कार्यतालिका तय भएकोले सो दिनको आमसभा स्थगित गरिएको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
'पूर्व राजाको काठमाडौँ फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ', पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा शाह अहिले गण्डकी प्रदेशमा छन् र हिजोमात्रै बागलुङ कालिकाको दर्शनमा पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण