मधेस प्रदेशमा नेसपा (नयाँ शक्ति) ले तोक्यो उत्प्रेरक
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को बुधबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले विभिन्न जिल्लाका लागि उत्प्रेरक तोकेको छ। केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशका उत्प्रेरक उमेश साहको अध्यक्षता र अर्का केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्व उत्प्रेरक ईश्वर रिजालको उपस्थितिमा बैठक बसेको थियो ।
बैठकको निर्णयअनुसार पर्सामा अमृता कुमारी देवी, बारामा मदन कुमार यादव, रौतहटमा इजेहार आलम, सर्लाही र महोत्तरीमा राजेश सिंह, धनुषामा दीपक महतो, सिराहामा तारा भण्डारी र सप्तरीमा समिना खातुनलाई उत्प्रेरकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पार्टी उपाध्यक्ष एवं मधेस प्रदेशका उत्प्रेरक तथा केन्द्रीय सदस्यहरूको अर्को बैठक यही चैत ९ गते शनिबार पुनः बस्ने निर्णय भएको छ।
बैठकअघि पार्टीका धनुषा संयोजक भोगेन्द्र रायले नव-निर्वाचित केन्द्रीय उपाध्यक्ष उमेश साह र ईश्वर रिजालसहित मधेस प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई स्वागत तथा सम्मान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण