मेयर बालेनको घर पुगे माओवादी अध्यक्ष प्रचण्ड
बिहीबार, २२ फागुन २०८१, ११ : २१
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन् ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेताहरू बिहीबार मेयर बालेनको घर पुगेका हुन् । बालेनको घरमा पालिका कार्यालय रहेको छ ।

सोही कार्यालयमा माओवादीले कार्यक्रम समेत राखेपछि प्रचण्डसहितका नेताहरू त्यहाँ पुगेका हुन् । उनीहरू पुग्दा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेका थिए ।
त्यसक्रममा क्रममा अध्यक्ष प्रचण्डले लक्ष्मीनारायण मन्दिर अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण