मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै जालझेल भइरहेको छ : प्रचण्ड
बिहीबार, २२ फागुन २०८१, १२ : ४९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितका समस्या समाधान गर्न अझै पनि जालझेल भइरहेको बताएका छन् ।
बिहीबार महोत्तरीमा मिटरब्याज पीडितका गुनासो सुन्दै अध्यक्ष प्रचण्डले मिटरब्याज पीडितका समस्याप्रति गम्भीर भएर ऐन, संरचना बनाएर काम अघि बढाउन खोजिए पनि अझै पनि जालझेल भइरहेको बताएका हुन् ।
उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न माओवादीले बल गर्ने धारणा राखेका हुन् । देशका सबै जिल्लामा मिटरब्याज पीडितको समस्या देखिएकाले यसलाई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने उनले बताए ।
सो क्रममा मिटरब्याज पीडितहरूले आफूहरूको समस्या राज्यले नसुनेको र पीडा थपिँदै गएको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण