आर्थिक कार्यविधि अध्यादेश संविधानको धारा ११२ विपरीत : डा.बेदुराम भुसाल
बिहीबार, २२ फागुन २०८१, १४ : ४८
काठमाडौँ । राष्ट्रियसभा सदस्य डा.बेदुराम भुसालले संसद्मा आएको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु संविधानको धारा ११२ विपरीत भएको बताएका छन् ।
बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा प्रतिनिधिसभा नियमावलीको १२२ र राष्ट्रियसभा नियमावली ११६ ले कुनै पनि विचाराधीन विधेयक फिर्ता लिएपछि मात्र अध्यादेशका रूपमा अघि बढाउन सकिने व्यवस्था रहेकाले संविधान विपरीत भएको दाबी गरे ।
उनले संसद्प्रति सरकार उत्तरदायी नभएको भन्दै अध्यादेशको कन्टेन्टमा योजना आयोगले बजेट सिलिङ तोक्ने व्यवस्था परिवर्तन गर्दै अर्थ मन्त्रालयमा सीमित गर्नु कति लोकतान्त्रिक भयो भनेर प्रश्न गरे । डा.भुसालले उक्त अध्यादेश बैठकले अस्वीकार गरेर संसद्को गरिमा राख्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण