कुलमानबारे ऊर्जामन्त्री खड्का– ‘छोरा बाउ बन्न खोज्दा समस्या भएको हो, फेरि पनि माया त अझै छँदैछ’
काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बाउ बन्न खोज्दा’ समस्या भएको बताएका छन् । ३२ वर्षको ठिटो र ८९ वर्षको बाउको उदाहरण दिँदै उनले ठिटोले आफैँ बाउ हुँ भन्ने भ्रम पालेकोले समस्या भएको बताए ।
‘३२ वर्षका ठिटाले ८९ वर्षका बाउलाई तिमी जेठा चैँ हौ, बाउ चाहिँ मै हो, त्यसैले मै चलाउँछु भनेपछि समस्या भएको मात्रै हो । म ३२ वर्षको युवा नै हो । बाउलाई सघाउँछु भनेको भए यस्तो कहाँ हुन्थ्यो होला र ? माया त छँदैछ फेरि पनि ।’
कुलमानमाथि प्रष्टीकरणबारे सांसदहरूले सोधेको प्रश्नमा जवाफ दिँदै उनले कुलमानमाथि विभिन्न आरोप लगाएका छन् । कार्यसम्पादन मूल्याङ्कनमा अटेरी गरेको, प्राधिकरणका विवरण उपलब्ध नगराएको, हुँदै नभएको नाफा देखाएको, अख्तियारी नै नलिई भारतसँग मूल्य बढाउने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेको उनको आरोप छ ।
उनले लोडसेडिङ अन्त्य गराउँदा कुलमानले ४५० मेगावाट बिजुली भारतबाट आयात गरेको भन्दै कुलमानकै कारणले लोडसेडिङ अन्त्य नभएको समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण