फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।
कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ ।
त्यस्तै प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबिच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण