कोटीहोम क्षेत्रमा हतियार बोकेको समूह तैनाथ, बाहिर प्रहरी परिचालन (तस्बिरहरु)

पोखरा । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेसँगै तनाव उत्पन्न भएको छ । शुक्रबार केहीबेर अघि भूमिपुजन गर्ने पक्ष र गर्न नदिने पक्षबिच झडप भएपछि कोटीहोम आयोजक पक्षले रड र हतियार बोकेको समूह तैनाथ गरेको छ ।
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको छ । ‘कार्यक्रमको अनुमति महानगरले दिएको छैन । अनुमति विना कार्यक्रम हुन सम्भव छैन,’ मेयर धनराज आचार्यले भने, ‘भूमिपुजन हामी रोक्छौं।’ नगरप्रहरी लेकसाइड पुगिसकेको छ ।
५० जना नगरप्रहरी लेकसाइडमा खटाइएको महानगरले जनाएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको हो । पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन