करार कर्मचारीलाई स्थायी बनाउन खोजिएको भन्दै विरोध प्रदर्शन
धनगढी । सुदूरपश्चिममा करार कर्मचारीलाई स्थायी बनाउन खोजिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
स्थानीय तहहरूले करार सेवाका कर्मचारीलाई स्थायी बनाउने सम्बन्धी प्रावधानसहितको विधेयक प्रदेश सभामा पेस भएसँगै विद्यार्थीहरूले विरोध गरेका हुन् ।
‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) विधेयकमा पहिलो पटकका लागि प्रदेश लोकसेवा आयोगमार्फत आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने’ प्रावधान समावेश गरिएको छ। यसले सीमित कर्मचारीहरूलाई मात्र लाभ पुग्ने विद्यार्थी सङ्गठनहरूको भनाइ छ ।
विद्यार्थी नेता बबरजंग सिंहले प्रस्तावित कानुनले स्थानीय तहमा कार्यरत करार तथा अस्थायी कर्मचारीलाई मात्र प्रतिस्पर्धा गर्ने अवसर दिने भएकाले समान अवसर हुनुपर्ने आफूहरूको धारणा रहेको बताए । त्यसकै विरोधमा बिहीबार विद्यार्थीहरूले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि विधेयकविरुद्ध प्रदर्शन गरेकामा शुक्रबार पनि प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् ।
जसअनुसार प्रदेश सभा अगाडि उनीहरूले टायर बालेर प्रदर्शन गरे । प्रहरीले उक्त भिडलाई नियन्त्रणमा गर्न अश्रुग्यास समेत प्रहार गरेको थियो।
सुदूरपश्चिम प्रदेश सभाको दसौँ अधिवेशनबाट दफावार छलफलका लागि गत साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको विधेयकमाथि २८ वटा बैठक गरी छलफल गरिएको थियो। समितिले तयार पारेको प्रतिवेदन सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाइसकिएको छ ।
अब यो विधेयक हुबहु प्रदेश सभाबाट पारित भएमा स्थानीय तहमा कार्यरत सयौँ अस्थायी तथा करार कर्मचारीलाई स्थायी बन्ने बाटो खुल्नेछ ।
तर, प्रस्तावित कानुनमा हेरफेर गरिने मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। उनले दुई दिन अघि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गरिएको छलफलमा उक्त विधेयक परिमार्जन गर्ने सहमति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण