नेविसंघले भन्यो– त्रिवि रेक्टर कार्यालयमा तोडफोडमा हाम्रो संलग्नता छैन
शुक्रबार, २३ फागुन २०८१, १५ : ३५
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा भएको तोडफोडमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ। आज बिहान त्रिवि विद्यार्थी संघर्ष समितिको नामबाट तोडफोड भएको थियो । उक्त तोडफोड कार्यमा नेविसंघको संलग्नता नरहेको प्रष्ट पारेको हो ।
त्रिवि कमिटी सभापति बिष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै उक्त तोडफोडमा नेविसंघ संलग्नता रहेको भनी विभिन्न संचारमाध्यमहरूमा समाचार प्रकाशित भएकोप्रति आपत्ति जनाए । यो घटना हाम्रो कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन, सभापति बडैलाले जारी गरेको विज्ञप्ति भनिएको छ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू विभिन्न शैक्षिक सुधारका माग राख्दै आन्दोलनरत रहेको तर कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन नगर्ने प्रष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण