‘कमेडी दरबार’ ले हटायो गायक कुमा सागर लक्षित व्यङ्ग्य
काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ ले गायक कुमा सागरलाई लक्षित गर्दै व्यङ्ग्य गरिएको भाग हटाएको जनाएको छ । ‘अभियन्ता’ को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ मा आज प्रसारणको तयारीमा रहेको भागबाट उक्त विषय हटाइएको हो ।
आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएपछि आफूले हटाएको निर्देशक तथा प्रस्तोता विक्की अग्रवालले बताए ।
‘ती व्यक्तिले हामीलाई हटाउन भनेको त होइन । ओएसआर युट्युब च्यानलको कार्यालयमा फोन गरेर भनेका रहेछन्’, अग्रवालले भने– ‘ओएसआरले आफूहरूलाई हटाउन भनेपछि हटाएका हौँ ।’
शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औँ एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । अब आज शुक्रवार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’ को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइनेछैन ।
कमेडियन विकास अर्याल र विश्वास तिम्सिनाले दिएको उक्त प्रस्तुतिमा उक्त दृश्य समेटिएको थियो । कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण