विराट गोल्डकप फुटबलः थ्रीस्टार क्लब विजयी
मोरङ । विराटनगरको सहिद रङ्गशालामा जारी ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गतका आज भएको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लब ललितपुर विजयी भएको छ ।
विराट गोल्डकप ट्रष्टद्वारा आयोजित रात्रिकालीन उक्त प्रतियोगितामा थ्रीस्टार क्लबले गत वर्षको विजेता मच्छिन्द्र क्लबलाई २–१ गोलले पराजित गरेको छ ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा थ्रीस्टारका खेलाडी आशिष चापगाईँले १५ मिनेटमा र दिपेश घलेले २४ मिनेटमा गोल गरेका थिएभने मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले मध्यान्तरपछि ८९ मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज खेलको ‘म्यान अफ दी म्याच’ भएका थ्रीस्टारका दिपेश घलेले रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् ।
शनिबार चौथो क्वाटरफाइनल खेल चर्चब्वाइज युनाइटेड क्लब काठमाडौँ र एनआरटी काठमाडौँबीच साँझ ६ः ३० बजे हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा समूह सहभागी छन् ।
प्रतियोगितको विजेतालाई रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण