पार्टी खोलेर चुनाव लड्न पूर्वराजा शाहलाई प्रचण्डको सुझाव
रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठुला ठुला गल्ती गरेका पूर्व राजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मूर्खता गरेमा अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।
पहिले एकपटक मूर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारता पूर्वक आरामले बस्न दिएको स्मरण गर्दै उनले त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरेमा अस्तित्व नै समाप्त हुने चेतावनी दिएका हुन्।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा आज बिहार मर्निङवाक पछि रौतहटको मध्यभाग गरुडामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्नु छ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिए। राजसंस्था फर्किन असम्भव रहेको बताउँदै उनले हल्लाखल्लाले इतिहासको जग पछाडि फर्काउन नसकिने उल्लेख गरे ।
अर्को प्रसंगमा प्रचण्डले कुलमान घिसिङले सँधै घाटामा रहेको संस्था विद्युत् प्राधिकरण लाई नाफामा ल्याएको र देशमा लोडसेडिङको अन्त्य गरेकोले उनलाई सरकारले हटाउन खोजेँ नेपाली जनता चुप लागेर नबस्ने प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण