खानेपानी तथा ढल व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री यादव
मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताएका छन् । आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउँदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
उनले भने, “पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए । उनले भने, “आज यहाँ शिलान्यास भएको आयोजना एउटा महत्त्वपूर्ण कडी हो । सरकारको ‘एक घर, एक धारा’ अभियानले मुलुकभरिका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्नेछ ।”
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
नेपाल सरकारले खानेपानी सेवालाई अझ प्रभावकारी, दिगो, र सर्वसुलभ बनाउने प्रतिबद्धता लिएकोसमेत मन्त्री यादवले बताए । उनले भने, “हामी सबैको सहकार्य, समर्पण, र दृढ इच्छाशक्तिका माध्यमबाट नेपाललाई स्वच्छ, सुरक्षित र समृद्ध राष्ट्र बनाउने हाम्रो साझा लक्ष्यलाई हामी अवश्य प्राप्त गर्नेछौँ ।”
आयोजना शिलान्यास गर्ने कार्यमा सहयोग गर्ने तथा आजको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू, स्थानीय समुदाय, प्राविधिक विज्ञ, तथा खानेपानी क्षेत्रमा समर्पित सबैलाई मन्त्री यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण