माओवादीमै फर्किए लोसपा जिल्ला अध्यक्ष
शनिबार, २४ फागुन २०८१, १५ : ४७
रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष लिलाप्रसाद साह पुरानै घर नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा माधव नारायण नगरपालिका-६ माधोपुरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा लोसपा केन्द्रीय सदस्य समेत रहेका साह सहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। प्रचण्डले नवप्रवेशी लाई टिका माला लगाइ स्वागत सहित पार्टीमा भित्र्याएका छन्।
जनयुद्धको समय माओवादी केन्द्रमा सक्रिय रहेका साह सोही पार्टीको टिकटबाट २०७४ सालमा माधव नारायण नगरपालिकाको मेयर पदको लागि चुनाव समेत लडेका थिए। मेयरमा पराजित भए पश्चात् उनी माओवादी प्रति असन्तुष्टि जनाउँदै लोसपाबाट सक्रिय राजनीति गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण