माओवादीमै फर्किए लोसपा जिल्ला अध्यक्ष
शनिबार, २४ फागुन २०८१, १५ : ४७

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष लिलाप्रसाद साह पुरानै घर नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा माधव नारायण नगरपालिका-६ माधोपुरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा लोसपा केन्द्रीय सदस्य समेत रहेका साह सहितका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्। प्रचण्डले नवप्रवेशी लाई टिका माला लगाइ स्वागत सहित पार्टीमा भित्र्याएका छन्।
जनयुद्धको समय माओवादी केन्द्रमा सक्रिय रहेका साह सोही पार्टीको टिकटबाट २०७४ सालमा माधव नारायण नगरपालिकाको मेयर पदको लागि चुनाव समेत लडेका थिए। मेयरमा पराजित भए पश्चात् उनी माओवादी प्रति असन्तुष्टि जनाउँदै लोसपाबाट सक्रिय राजनीति गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन