त्रिविमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग त्रिविको अनुरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो ।
सूचना अधिकारी शान्ताकुमारी नेउपानेले विज्ञप्ति जारी गर्दै तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिहरूका बारेमा प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन नेपाल सरकार, गृह मन्त्रालयसँग अपिल गरेकी हुन् ।
विश्वविद्यालय आफ्नो उद्देश्य अनुसार काम गर्दा कुनै कमी कमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएको छ । तर, शुक्रवार कार्यालय समयमा नियमित विश्वविद्यालयको सेवामा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै शिक्षाध्यक्षको कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय जुनसुकै समूह वा व्यक्तिबाट भएको तोडफोड क्षम्य नहुने अपराध भएको विश्वविद्यालयको ठहर रहेको छ ।
सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न हुन नसकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको विश्वविद्यालयले स्पष्ट पारेको छ ।
कुनै माग वा समस्या भए त्रिभुवन विश्वविद्यालय वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न सदैव तयार विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई आतङ्कित गर्ने कार्य भएमा खुला रूपमा कानुनी उपचारको लागि सम्बन्धित संस्थामा जान विश्वविद्यालय बाध्य हुने समेत चेतावनी दिइएको छ ।
शुक्रवार शुल्क घटाउनुपर्ने लगायतका विभिन्न माग राखेर आन्दोलन गरेको त्रिवि संर्घष समितिको नामबाट तोडफोड गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण