गौतम बुद्धका उपदेशलाई आत्मसात् गर्न मुख्यमन्त्री आचार्यको आग्रह
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान् गौतम बुद्धका उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन्। अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका हुन्।
लुम्बिनीलाई विश्वभर चिनाउन यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू महत्त्वपूर्ण हुने उल्लेख गरे। मुख्यमन्त्री आचार्यले भगवान् बुद्धका सत्य वचन लुम्बिनीबाट संसारभर फैलियोस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अझ चिनाउन यस्ता पहलहरू आवश्यक रहेको धारणा राखे ।
उनले आजको विश्वलाई शान्ति, सहिष्णुता र अहिंसाको मार्गमा अघि बढाउने दिशामा बुद्ध शिक्षाले विशेष योगदान दिने भन्दै बुद्ध धर्मको मूल सन्देश करुणा, प्रेम र शान्तिमा आधारित भएकाले यस त्रिपिटक पाठ समारोहको माध्यमबाट विश्वभर शान्तिको सन्देश फैलियोस् भन्ने कामना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण