मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तु ११ सैनामैना गोल्डकपको सेमिफाइनलमा

शनिबार, २४ फागुन २०८१, २० : ५७
शनिबार, २४ फागुन २०८१

बुटवल । कपिलवस्तु ११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रङ्गशालामा आज भएको खेलमा फर्सीटिकर युथ क्लबलाई ३–० गोलले पराजित गर्दै कपिलवस्तु सेमिफाइनलमा पुगेको हो ।

कपिलवस्तुको जितमा  मोहम्मदले  २ गोल र विज्ञान गुरुङले १ गोल गरे । खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको सरुवातमै कपिलवस्तु ११ का लागि विदेशी खेलाडी मोहम्मदले पहिलो गोल गरे । खेलको अधिकांश समय फर्साटिकरमाथि कपिलवस्तु ११ हाबी भएको थियो ।

कपिलवस्तु ११ का लागि विज्ञान गुरुङले ७५ औँ मिनेट र ८१ औँ मिनेटमा पुनः मोहम्मदले गोल गर्दै अन्तिम ४ टिममा स्थान पक्का गरे । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल सुरु हुँदैछ ।

सेमिफाइनलको पहिलो खेल भोलि आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्ज रजहर नवलपुरबिच दिउँसो ३ बजे हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

रुपन्देहीको मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने आयोजक जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप