मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन निकायका वार्षिक प्रतिवेदन सदनमा पेस

मङ्गलबार, ३० असार २०८३, १५ : ३१
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रतिनिधि सभाको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गरेकी हुन् ।
  • न्याय परिषद्, न्याय सेवा आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ सदनमा पेस गरिएको छ ।

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । 

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले तीन निकायका वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी हुन् । 

मन्त्री गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन २०८१/०८२, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन २०८१/०८२ र लोकसेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन २०८१/०८२ सदनमा पेस गरेकी हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप