प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता : मधेस प्रदेशको टिम घोषणा
पर्सा । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको मधेस प्रदेशबाट सहभागी हुने खेलाडी नाम सार्वजनिक गरिएको छ । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको हो ।
मधेस प्रदेशको टिममा बाराका पवन सर्राफ, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोशन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशङ्कर साह, शैलेन्द्र साह र सन्नी साह रहेका छन् ।
मधेस प्रदेशको टिमको प्रशिक्षकमा सुनिल साह रहेका छन् । सहप्रशिक्षकमा शुभ टण्डुकार र म्यानेजरमा दीपेन्द्र यादव रहेका छन् । छनोट समितिका संयोजक विकास दलीको नेतृत्वमा १५ सदस्यीय टोलीको छनोट गरेको हो ।
मधेसका आठ जिल्लाका टिमबाट प्रतिस्पर्धा गरेका उत्कृष्ट खेलाडीलाई छनोट गरेर मधेस प्रदेशको टिम बनाइएको हो । मधेस प्रदेशको टिम आइतबार बिहानै रुपन्देही प्रस्थान गरिसकेको छ । सो प्रतियोगिता लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगितामा १० टिम सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
-
‘हिजो प्रश्न गरेर सत्तामा पुग्नेहरू आज मुख थुन्न लागिपरे’
-
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
-
सरकार विकासमा भन्दा बढी विवादमा अल्झियो : सांसद राना
-
पाँच दिनपछि बढ्यो सेयर बजार
-
भ्रष्टाचारको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता निष्कासित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण