जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि
काठमाडौँ । ‘बाँके एमटीबी रेस–२०२५’ को उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् । पाँच किलोमिटर दूरीको क्रसकन्ट्री रेसमा एलिट पुरुषतर्फ जंगु र महिलातर्फ रुपा पहिलो भएका हुन् ।
पुरुषतर्फ विशाल थारू दोस्रो र विमलेस यादव तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो ।
यसैगरी, महिलातर्फ कविता सार्की दोस्रो र सीता सार्की तेस्रो भए । शीर्ष तीन खेलाडीले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद तथा पदक र प्रमाणपत्र पुरस्कार पाए । नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकास्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा पहिलो, दीपक मल्ल दोस्रो र विशाल श्रेष्ठ तेस्रो भए । उनीहरुले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार पाए ।
यसैगरी, भेट्रानतर्फ अजय केसी पहिलो, जितेन्द्र थारू दोस्रो र कविराम थारू तेस्रो भए । जुनियर विधामा दिलोचन बोहरा पहिलो, वीरेन्द्र धोबी दोस्रो र रन्जित चौहान तेस्रो भए । भेट्रान र जुनियरतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाए ।
डुडुवा गाउँपालिकास्थित जंगलमा रहेको कोर्ष साइक्लिङका लागि निकै नै सुन्दर र आकर्षक मानिन्छ । साइकलमार्फत पर्यटक भित्राउन गाउँपालिकाले यो रेसलाई आर्थिक सहयोग गरेको जानकारी रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले दिए । टिम द एजको सहकार्यमा भएको यो रेस हरेक वर्ष सञ्चालन गरिने थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
-
‘हिजो प्रश्न गरेर सत्तामा पुग्नेहरू आज मुख थुन्न लागिपरे’
-
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
-
सरकार विकासमा भन्दा बढी विवादमा अल्झियो : सांसद राना
-
पाँच दिनपछि बढ्यो सेयर बजार
-
भ्रष्टाचारको आरोपमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता निष्कासित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण