क्यानडाको दुग्धजन्य पदार्थ र काठमा पारस्परिक कर लगाउने ट्रम्पको चेतावनी
आइतबार, २५ फागुन २०८१, १० : ५१

वासिङ्न डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको दुग्धजन्य पदार्थ र काठ उत्पादनहरूमा पारस्परिक कर लगाउने चेतावनी दिएका छन् । ट्रम्पले ओभल अफिसको सम्बोधनमा उक्त टिप्पणी गरेका छन् ।
क्यानडाले काठ र दुग्धजन्य पदार्थहरूमा वर्षौंदेखि २५० प्रतिशत कर लगाएर अमेरिकालाई गेको उनको आरोप छ । फेब्रुअरी १ मा ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
जसमा क्यानाडाली ऊर्जा उत्पादनहरूमा १० प्रतिशत कर वृद्धि गरिएको थियो । फेब्रुअरी ३ मा ट्रम्पले दुवै देशहरूमा कर लागू गर्न ३० दिनको ढिलाइ र वार्ता जारी राख्ने घोषणा गरे । यस निर्णयअनुसार सम्बन्धित कर उपायहरू मार्च ४ मा लागू भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए