अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाडौँ आइपुगे, पदाधिकारी बैठक भोलि बिहान बस्ने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र) पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाडौँ आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको सचिव देवेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाडौँ फर्किसकेको सचिवालयले जनाएको छ ।
उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू राजधानी फर्किने क्रममा रहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो । यद्यपि सचिव पौडेलले राजावादीहरूको सक्रियताले केही फरक नपर्ने जिकिर गरेका छन् ।
‘राजावादीहरूको सक्रियताले केही फरक पर्दैन । माओवादीले खासै केही तयारी गरेको छैन । संसदमा प्रभावकारी भूमिका खेल्नका लागि अभियान स्थगित गरिएको हो । आगामी योजनाबारे छलफल गर्न भोलि बिहान पदाधिकारी बैठक बोलाइएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण