राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित
आइतबार, २५ फागुन २०८१, १५ : ३२
काठमाडौँ । राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।
त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण