दीपेन्द्र रावत एक्लैले सात विकेट लिएपछि कर्णालीसामु निरीह बन्यो सुदूरपश्चिम प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशले आइतबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको हो ।
दाङको लमहीमा जारी सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेश पनि ४.४ ओभरमा केवल एक सय ५५ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश भने २१ ओभरमा केवल ७६ रन बनाउँदै अलआउट भयो ।
सुदूरपश्चिम प्रदेशका लागि ओपनर खड्क बोहराले सर्वाधिक २७ रन बनाए । किरण ठगुन्नाले १३ र शेर मल्लले अविजित १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावत एक्लैले सात विकेट लिए । उनले नौ ओभरमा तीन मेडन राख्दै केवल ३३ रन खर्चिए । दिवान पुनले पनि दुई विकेट हात पारे ।
त्यसअघि, कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका अर्जुनले ७१ रन बनाए । उनले ९४ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । दिनेश अधिकारीले १७ रन जोडे । कप्तान दिवान पुनले १२ रन बनाएका थिए ।
कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहारो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रमका पाँच ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा २५ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामी एक्लैले चार विकेट लिए । उनले नो ओभरमा केवल २६ रन खर्चिएका थिए ।
नारायण जोशीले पनि दुई विकेट हात पारे । उनले ६.४ ओभरमा ३५ रन खर्चिए । शेर मल्ल, मिलन बोहरा र भोजराज भट्टले पनि एक–एक विकेट कुम्ल्याए । कर्णाली र सुदूरपश्चिमबिचको खेल ४३–४३ ओभरमा झारिएको छ । अन्य दुई खेल भने ५०–५० ओभरमै खेलाइँदै छ ।
प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुँदैछ ।
क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुँदैछ । प्रतियोगिताको दोस्रो दिन २६ गते सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण