एपीएफ क्लबले सजिलै हरायो बागमती प्रदेशलाई
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सजिलो जित हात पारेको छ । एपीएफ क्लबले बागमती प्रदेशलाई एक सय रनले हराएको हो ।
भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी बागमती प्रदेशविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ४४ ओभरमै अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने २८.२ ओभरमै अलआउट हुनुअघि ७४ रनमात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याए पनि बागमती प्रदेशका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
बागमती प्रदेशका लागि ओपनर शुभ कंसाकारले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनले १६ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बागमती प्रदेशले अतिरिक्त रुपमा २० रन पायो ।
एपीएफ क्लबका बलर कमल ऐरीले चार विकेट लिए । उनले ८.२ ओभरमा दुई मेडन राख्दै २७ रन खर्चिएका थिए । रोहित पौडेल र अमर रौतेलाले पनि दुई–दुई विकेट हात पारे । अविनाष बोहराले पनि एक विकेट कुम्ल्याए ।
त्यसअघि, एपीएफ क्लबका लागि सन्दीप जोराले सर्वाधिक ३७ रनको योगदान गरेका थिए । अमर रौतेलाले अविजित २६ रन बटुलेका थिए । दीपक बोहराले पनि २५ रन जोडे । कमल ऐरीले टोलीको खातामा १५ रन थपे ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफ क्लबले आफ्ना कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा बढी रन त अतिरिक्त रुपमा पाएको थियो ।
बागमती प्रदेशका बलरहरुको गल्तिको फाइदा उठाउँदै एपीएफ क्लबले अतिरिक्त रुपमा ५० रन पाएको थियो । बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिए ।
उनले आठ ओभरमा दुई मेडन राख्दै केवल ३० रन खर्चिएका थिए । नन्दन यादवले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा ३८ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण