मनाउँछौँ दिवस मानेर आनन्द
मलाई मैले चिनेकी छैन
तर, तिमीलाई चिन्नु छ ।
दुई मुठी सास रहुन्जेलसम्म
तिमीलाई नै भज्नुपर्छ !
हामीले चिन्ने तिमी नै रहेछौ
तिमी नै सर्वस्व,
त्यही सर्वस्वभित्र
जीवन हाम्रो हुँदै छ नश्वर !
पुज्नु छ तिमीलाई
भज्नु छ तिमीलाई
तिमी नै परमेश्वर
पाएको जति दुःख र कष्ट
कहाँ सुनाउ महेश्वर ?
कसरी भनुँ
दुःखै हो पोख्ने
दुःखैमा हुर्कने
चुराको आवाज जहाँसम्म पुग्छ
अस्तित्व भेटाउने !
नारीको जुनी दुःख र कष्ट
भन, कसरी हटाउने ?
दुःखमै हामी खुसीले नाच्छौँ
भन, कसले हो नचाउने ?
सिन्दुर तिम्रो
पोते पनि तिम्रो
चुराको छन्–छन्
चिनारी हाम्रो यस्तो पो भयो
अस्तित्त्व हाम्रो कहाँ छ भन न ?
न पोखु भन्छु
पोख्न मन लाग्छ
पोखेर के गरुँ ?
बगेको आँसु
कसरी लुकाउँ ?
हरेक वर्ष
महिला दिवस आउँछ
गइजान्छ
तर पनि
सबैको सामु
मनाउँछौँ दिवस
मानेर आनन्द !!
000
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण