कांग्रेसद्वारा मिसन रोजगारी अभियान घोषणा
काठमाडौँ । नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ । विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रूपमा हामी सक्छौँ भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे । मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए । ‘युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ थापाले भने, ‘मुलुकभित्र रोजगारी सृजना गर्न नीतिगत तहदेखि व्यवहारिक रूपमा पहल गर्छौं ।’ श्रम बजारमा जाने ठुलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ । विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए । युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ,’ थापाले भने, ‘कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षा अनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं ।’
कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो । कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । ‘विगतमा पनि काम भइरहेको थियो,’ शर्माले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।’ रोजगारी सृजना र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने शर्माले बताए । कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ । अभियान अन्तर्गत रोजगारी सृजनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण