सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
आइतबार, २५ फागुन २०८१, २२ : २८
काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बढुवा हुनेमा कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट छन् । ढकाल सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो अर्थात सिसम–१ का अधिकृत हुन् । कुँवर र भट्ट सिसम–२ का अधिकृत हुन् ।

फागुन ८ मा बढुवा समितिले उनिहरुलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । गृहमन्त्री रमेश लेखकले बढुवा समितिको सिफारिसको आधारमा उनिहरुलाई बढुवा नियुक्ती गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण