चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ: राणा
सोमबार, २६ फागुन २०८१, ११ : ५०
काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने बताए ।
‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी अआन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भने।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भव्य भएको समेत बताए । राप्रपाले यसअघिदेखि नै आन्दोलनको तयारीस्वरुप काठमाडौँसहित विभिन्न सहरमा प्रदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण