गायक कुमः सागरको लबजमाथि गरिएको खिसिट्युरीप्रति भाषा आयोगको ध्यानाकर्षण
गायक कुमः सागर (नेपालभाषी वक्ता)को लबजउपर सामाजिक सञ्चारको माध्यम पडकास्टमार्फत खिसिट्युरी गरी अपहेलना र मानमर्दन गरिएको सन्दर्भप्रति भाषा आयोगको ध्यानकर्षण भएको छ ।
नेवा देय दबू सङ्घीय कार्यसमितिको तर्फबाट नेपालभाषाका वक्ताउपर भाषिक हिंसा गरिएको भनी उजुरी परेपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आयोगले आज (फागुन २६ गते) वक्तव्य निकालेको छ ।
‘वक्ताको लबज, भाषिक स्तर र भाषिक क्षेत्रीय भेदका आधारमा खिसिट्युरी र अपहेलना गर्नुका साथै भाषीकै कारण व्यक्तिगत मानमर्दन गर्ने घटनाहरू छिटपुट रूपमा भइरहेका छन्,’ आयोगको वक्तव्यमा भनिएको छ, ‘यस्तो भाषिक दुरुत्साहनसम्बन्धी हिंसात्मक र दुरुत्साहनमूलक कार्य नेपालको संविधान, प्रचलित कानुन र सभ्य समाजको समेत बर्खिलापमा भएको हुँदा यसतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
नेपालमा बोलिने सबै भाषा समेतको हकमा नेपालको प्रचलित कानुनको अधीनमा रही भाषिक हिंसाजन्य आपराधिक कार्य गर्ने कुनै पनि व्यक्ति वा संस्थाउपर छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको आयोगको वक्तव्यमा उल्लेख छ ।
भाषासम्बन्धी कुनै पनि किसिमको हिंसाजन्य कार्यबाट बच्ने र बचाउने दायित्व आम नेपाली नागरिकको साझा कर्तव्य भएकाले यसप्रति संवेदनशील भई सामाजिक सहअस्तित्व र सद्भावपूर्ण व्यवहार अपनाई सामाजिक एकताको प्रवर्धन गर्न समेत आयोगले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण