गायक कुमः सागरको लबजमाथि गरिएको खिसिट्युरीप्रति भाषा आयोगको ध्यानाकर्षण
गायक कुमः सागर (नेपालभाषी वक्ता)को लबजउपर सामाजिक सञ्चारको माध्यम पडकास्टमार्फत खिसिट्युरी गरी अपहेलना र मानमर्दन गरिएको सन्दर्भप्रति भाषा आयोगको ध्यानकर्षण भएको छ ।
नेवा देय दबू सङ्घीय कार्यसमितिको तर्फबाट नेपालभाषाका वक्ताउपर भाषिक हिंसा गरिएको भनी उजुरी परेपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै आयोगले आज (फागुन २६ गते) वक्तव्य निकालेको छ ।
‘वक्ताको लबज, भाषिक स्तर र भाषिक क्षेत्रीय भेदका आधारमा खिसिट्युरी र अपहेलना गर्नुका साथै भाषीकै कारण व्यक्तिगत मानमर्दन गर्ने घटनाहरू छिटपुट रूपमा भइरहेका छन्,’ आयोगको वक्तव्यमा भनिएको छ, ‘यस्तो भाषिक दुरुत्साहनसम्बन्धी हिंसात्मक र दुरुत्साहनमूलक कार्य नेपालको संविधान, प्रचलित कानुन र सभ्य समाजको समेत बर्खिलापमा भएको हुँदा यसतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’
नेपालमा बोलिने सबै भाषा समेतको हकमा नेपालको प्रचलित कानुनको अधीनमा रही भाषिक हिंसाजन्य आपराधिक कार्य गर्ने कुनै पनि व्यक्ति वा संस्थाउपर छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको आयोगको वक्तव्यमा उल्लेख छ ।
भाषासम्बन्धी कुनै पनि किसिमको हिंसाजन्य कार्यबाट बच्ने र बचाउने दायित्व आम नेपाली नागरिकको साझा कर्तव्य भएकाले यसप्रति संवेदनशील भई सामाजिक सहअस्तित्व र सद्भावपूर्ण व्यवहार अपनाई सामाजिक एकताको प्रवर्धन गर्न समेत आयोगले अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान