आरआर क्याम्पसबाट बोहराले स्ववियु निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने
काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् ।
बोहराले आरआर क्याम्पसलाई देशकै सरकारी नमुना क्याम्पसका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले दलीयकरणको अन्त्य गर्दै योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने, छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाई विपन्न विद्यार्थी अक्षय कोष खडा गर्ने, मानसिक स्वास्थ्यका लागि परामर्श केन्द्र स्थापना गर्ने, डिजिटल पुस्तकालय तथा निःशुल्क वा सुलभ इन्टरनेट सेवाको व्यवस्था गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।
उनको प्रतिबद्धतामा क्याम्पसभित्र अनुशासन कायम गर्दै बिना परिचयपत्र गैर–विद्यार्थीको प्रवेश रोक्ने, स्ववियु गुनासो पेटिका राख्ने जस्ता योजनाहरू समेटिएका छन् । बोहराले पूर्वाधार सम्पन्न खेलकुद मैदान निर्माण, अपांगमैत्री भौतिक संरचना विकास, अनुसन्धानमूलक गतिविधिहरूका लागि कार्यशाला सञ्चालन, डिजिटल बोर्ड र स्मार्ट कक्षाकोठाको विकास, म्युजिक कार्यक्रमलाई व्यवस्थित बनाउने तथा स्नातकोत्तर तहमा म्युजिक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूचना प्रविधिसँग सम्बन्धित विभिन्न आइटी कम्पनीहरूसँग सहकार्य गर्दै आइटी सम्बन्धी तालिम, कार्यशाला, नेटवर्क व्यवस्थापन, र सुरक्षाका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने योजनासमेत उनले अघि सारेका छन् ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण