कमल थापाले भने– राजाको आह्वानलाई जनताको अनुमोदन
सोमबार, २६ फागुन २०८१, १६ : १४
काठमाडौँ । राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते सहयोगका निम्ति गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ ।
सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखापरेको वृहत जनप्रदर्शन भएको पार्टीको ठहर छ । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट सङ्केत गरेको छ’,बैठकपछि महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण