तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्धारित मितिमै तरुण दलको महाधिवेशन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । सोमबार हेटौंडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै उनले तरुण दलको महाधिवेशनमा अब कुनैपनि ढिलाइ नहुने दाबी गरे ।
अध्यक्ष गुरुङले तरुण दलको निर्वाचन निर्धारित समयमै हुनेमा ढुक्क हुन आग्रह गरे । तरुण दलको पाँचौँ महाधिवेशन आगामी चैत मसान्तभित्र गरिसक्ने उनले स्पष्ट पारे ।
‘अब तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ । पार्टीले दिएको समयसीमा आगामी चैत मसान्त हो । उक्त समय भित्रै महाधिवेशन गर्ने गरी हामी लागि रहेका छौँ,’ उनले भने, ‘जिल्लाका साथीहरूले पनि सोही अनुसार तयारी थाल्नुस् ।’
उनले मातृ पार्टी कांग्रेसलाई गतिशील र जनताको पार्टी बनाउन तरुण र युवाहरू लाग्नुपर्ने बेला आएको बताए ।
कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्ध लामाले तरुण दलको महाधिवेशन समयमै होस भन्ने आफूहरूले पनि चाहेको बताए । उनले जिल्लामा तरुणको गतिविधिलाई क्रियाशील बनाउन महाधिवेशन आवश्यक रहेको भन्दै पार्टीका तर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण