श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रमिकलाई आत्मनिर्भर बनाउन सामाजिक सुरक्षा कोषको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सुरक्षा कोष मार्फत श्रमिकहरूलाई आत्मनिर्भर र सुरक्षित जीवनयापनका लागि सहयोग पुग्ने बताए ।
मुख्यमन्त्री लामाले समाज विकासमा श्रमिकहरूको भूमिका उत्कृष्ट रहेको बताए । कोष मार्फत वर्तमानसँगै भविष्यमा श्रमिकहरूको जीवन र परिवारमा सहजता आउने उनको भनाइ छ ।
‘समाजको समुचित विकासका लागि श्रमिकहरूको सुरक्षा अपरिहार्य छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरूलाई आत्मनिर्भर बनाउने भूमिका खेलेको छ । कोषमा आबद्ध भएपछि श्रमिकहरूले दीर्घकालीन लाभ प्राप्त गरिरहेका छन्,’ उनले भने ।
मुख्यमन्त्री लामाले भीमफेदीको उदाहरणीय कार्यलाई प्रदेशका ११९ स्थानीय तहले अनुसरण गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले सरकारले श्रमिकहरूको सुरक्षा र आयआर्जनमा सहजता पुर्याउन सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएको बताए । उनले संगठित वा असंगठित क्षेत्रका श्रमिकको जीवन र उनीहरूको परिवारलाई सबल बनाउन सरकार प्रयत्नरत रहेको बताए ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले श्रमिकहरूको भविष्य सुरक्षित बनाउन गाउँपालिकाले सामाजिक सुरक्षामा आबद्ध गराउन पहल गरेको बताए । श्रमिकहरूको जीवनस्तर उकास्न सामाजिक सुरक्षा कोषमा आबद्धताले ठुलो योगदान पुगेको उनले बताए । गत वर्षदेखि सुरु भएको उक्त कार्यक्रम मार्फत हरेक वर्ष १०० जना अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता गराउने काम भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण