‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सकिएको छ । नवौँ संस्करणको उपाधि भारतले कुम्ल्याएको छ । भारतले फाइनलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो ।
प्रतियोगिता सकिएपछि विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको घोचपेच भने अझै सकिएको छैन । नवौँ संस्करण सुरु हुनुअघि सुरु भएको यी दुई टोलीबिचको घोचपेचले प्रतियोगिता सकिएको दुई दिन बितिसक्दा पनि निरन्तरता पाइरहेको छ ।
खासमा, च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको मुख्य आयोजक पाकिस्तान हो । प्रतियोगिता सुरु हुनुअघि भारतीय टोलीले सुरक्षाको कारण देखाउँदै पाकिस्तानी भूमिमा नखेल्ने अडान लियो । सोही कारणले लामो समय विवाद सृजना भयो ।
त्यसपछि भारतको सबै खेल संयुक्त अरब इमिरेट्समा खेलाउने गरी समाधान खोजियो । प्रतियोगिता सुरु भएपछि दूर्भाग्यपूर्ण तरिकाले पाकिस्तानी टोली समूहगत चरणबाटै बाहिरिन पुग्यो । पाकिस्तानी टोलीले घरेलु मैदानमा तीनमध्ये एक खेल पनि जित्न सकेन ।
पाकिस्तानी टोली आफ्नो दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो । उक्त खेलमा भारतीय टोलीले पाकिस्तानलाई हराएपछि भारतका पूर्वखेलाडी सुनिल गावस्कर खुसीले स्टेडियममै नाचेका थिए ।
त्यसपछि सुनिल गावस्करले पाकिस्तानी टोलीको प्रदर्शनलाई लिएर एउटा अस्वभाविक टिप्पणी पनि गरेका थिए । आफ्नो समयका प्रभावशाली खेलाडी ७५ वर्षीय गावस्करले भारतको ‘बी’ टोलीले समेत पाकिस्तानी टोलीलाई सजिलै हराउने टिप्पणी गरेका थिए ।
गावस्करले भनेका थिए, ‘निकै लज्जास्पद प्रदर्शन । पाकिस्तानी टोलीलाई त हाम्रो बी टोलीले समेत सजिलै हराउन सक्छ । म पाकिस्तानलाई हाम्रो सी टोलीले हराउने दाबी गर्न सक्दिन तर, बी टोलीले त पक्कै हराउँछ ।’
गावस्करको उक्त टिप्पणीले सामाजिक सञ्जालमा पनि गतिलै चर्चा पाएको थियो । अहिले आएर पाकिस्तानी टोलीका पूर्वकप्तान इन्जमाम उल हकले गावस्करलाई त्यसको जवाफ फर्काएका छन् । गावस्करको टिप्पणीबाट रुष्ट बनेका इन्जमामले भनेका छन्, ‘बोल्न पाएँ भन्दैमा जे पायो त्यही बोल्नु ठिक होइन ।’
एक टेलिभिजन कार्यक्रममा इन्जमामले कुनै समय पाकिस्तानी टोलीसँग खेल हार्ने डरले सुनिल गावस्कर खेल छाडेर भागेको गम्भीर आरोपसमेत लगाएका छन् । उनले गावस्करलाई विगतका तथ्याङ्कहरु हेर्न सुझाव पनि दिएका छन् ।
‘अहिले भारतले जित्यो । ठिक छ, खेलमा हारजित भइरहन्छ । म सुनिल गावस्करलाई विगतको तथ्याङ्क पनि हेर्न सुझाव दिन्छु । एकपटक गावस्कर पाकिस्तानी टोलीसँग हार्ने डरले शारजहाँबाट भागेका थिए । त्यो क्षण अझै पनि याद त होला नि ! कि बिर्सनुभयो ?’ इन्जीले भनेका छन् ।
इन्जमामले गावस्करलाई भारतीय टोलीको प्रसंशा गरे पनि अरु टिमको खिल्ली नउडाउन सुझावसमेत दिएका छन् । ‘तपाइँ भारतीय टोलीको जितमा खुसीयाली मनाउन स्वतन्त्र हुनुहुन्छ । जति खुसीयाली मनाए पनि हुन्छ । तर, अरु टोलीको खिल्ली उडाउने अधिकार तपाइँसँग छैन । तपाइँ सबैले आदर गर्ने खेलाडी हुनुहुन्छ । कृपया, आफ्नो इज्जतलाई कायम राख्नुस्,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण