कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
काठमाडौँ । नेपाल शिक्षक महासंघले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन्।
_zxrrGbwiIh.jpg)
फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।
_uXGaRGyljs.jpg)
पहिलो चरणको आन्दोलनको अन्तिम दिन शनिवार देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका थिए ।
_aE9UWd4RY3.jpg)
पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन अन्तर्गत महासङ्घले फागुन २७ गते नेपाली कांग्रेसको कार्यालय घेराउ गरिने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
_UR7kZ5W4Ha.jpg)
त्यस्तै फागुन २८ गते नेकपा एमालेको कार्यालय, चैत्र १ गते नेकपा माओवादी केन्द्रको कार्यालय र चैत्र २ गते नेकपा एकीकृत समाजवादीको कार्यालय घेराउ गर्न लागेको अध्यक्ष सुवेदीले बताए ।
_ZK2ci5y7W8.jpg)
त्यस्तै चैत्र ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, चैत्र ४ गते जसपा, लोसपा र राजमोको कार्यालय र चैत्र ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालय घेराउ गर्न लागेका हुन् ।
_AwXkD5m5kZ.jpg)
लामो समयदेखि विद्यालय शिक्षा ऐन जारी गर्न नसकेको भन्दै ऐन जारी गराउन दबाब दिन महासङ्घले माघ २० गतेदेखि आन्दोलन थालेको हो ।
_6kp8gM00cM.jpg)
विगतमा धेरैपटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएको महासङ्घले जनाएको छ । विगतमा भएका ती सबै सहमति सम्बोधन हुनेगरी नयाँ विद्यालय शिक्षा ऐन आउनुपर्नेमा त्यसका ढिलाइ भइरहेको महासङ्घले जनाएको छ ।
_CUPpoa9ILh.jpg)
विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा जुन गति स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा छ । तर, उक्त विधेयक र प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा त्यो ढङ्गमा कसैबाट काम नभइरहेको महासङ्घले जनाएको छ । राज्यपक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा देखिएको महासङ्घको आरोप छ ।
_in7NiahgMI.jpg)
_zHu8E8XNtv.jpg)
_rWgBvynZVY.jpg)
_M2OYCzhaBa.jpg)
_a3cEOiyrdJ.jpg)
_voTh1XGL3N.jpg)
_T6DU7G9BlG.jpg)
_vAcShAhWgB.jpg)
_HH45oMW4WZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण