अफगानिस्तानको सदस्यता निलम्बन गर्न आईसीसीसँग ह्युमन राइट्स वाचको आग्रह
काठमाडौँ । ह्युमन राइट्स वाचले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लगाउन र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गरेको छ ।
पछिल्लो समय अफगानिस्तानमा मानव अधिकारको व्यापक उल्लङ्घन भइरहेको भन्दै ह्युमन राइट्स वाचले आईसीसीलाई यस्तो पत्र पठाएको समाचारमा जनाइएको छ । ह्युमन राइट्स वाचले आईसीसीका अध्यक्ष जय शाहलाई सम्बोधन गरी ई–मेलमार्फत यस्तो पत्र पठाएको हो ।
‘तालिबानद्वारा शासित अफगानिस्तानमा जबसम्म महिला र बालिकाहरूले शिक्षा र खेलकुदमा फेरि भाग लिन पाउने वातावरण बन्दैन तबसम्म अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट रोक लगाइयो र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गरियोस् भनी आईसीसीसँग अनुरोध छ,’ ह्युमन राइट्स वाचले पठाएको पत्रमा भनिएको छ ।
ह्युमन राइट्स वाचले आईसीसीसँग मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघका निर्देशक सिद्धान्तहरूमा आधारित नीतिलाई लागू गर्न पनि आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण