मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

फिल्म ‘महाभोज’ जेठ १५ गतेदेखि प्रदर्शनमा आउने

मङ्गलबार, २७ फागुन २०८१, १५ : २६
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ आगामी जेठ १५ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्म गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको हो । मंगलबार फिल्मको फष्टलुक्स पोस्टर सार्वजनिक गर्दै निर्माता प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्म नेपालसहित विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारी भइरहेको छ ।  

पोस्टरमा फिल्मका केही कलाकार अटाएका छन् । जसको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् । उनका वरिपरि अन्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ ।

सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकाको अलवा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको फिल्म हिमाल कडरियाले बनाएका हुन् । विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठ सम्पादन रहेको फिल्म काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप