निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला
मङ्गलबार, २७ फागुन २०८१, १५ : ४३
काठमाडौँ । निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।
मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो । कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण