‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
सारांश
- ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा कार दुर्घटनामा निधन भएको छ ।
- उनको निधनको खबर उनका बुबा जोसुआ हटलले फेसबुक लाइभस्ट्रिम मार्फत सार्वजनिक गरेका हुन् ।
- हटल सन् २०२१ को ‘गडजिल्ला भर्सेस कङ’ र २०२४ को ‘गडजिल्ला एक्स कङस् द न्यु एम्पायर’मा जिया नामक पात्रको भूमिकाका लागि परिचित छिन् ।
न्युयोर्क । ‘गडजिल्ला भर्सेस कङ’ चलचित्रकी अभिनेत्री केली हटलको १८ वर्षको उमेरमा मंगलबार कार दुर्घटनामा परेर निधन भएको छ ।
उनको निधनको खबर उनका बुबा जोसुआ हटलले फेसबुक लाइभस्ट्रिम मार्फत सार्वजनिक गरेका हुन् ।
भेराइटीका अनुसार उनका बुबाले टीएमजीसँग कुरा गर्दै म्यारील्यान्डमा भएको कार दुर्घटनामा छोरीको मृत्यु भएको र शव बुझ्न टेक्ससबाट आफू त्यहाँ जाँदै गरेको पुष्टि गरेका छन्। हटल विद्यार्थीको रूपमा अध्ययनरत टेक्सस स्कुल फर द डेफले पनि सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस दुःखद खबरको पुष्टि गरेको छ। हटल र उनका बुबा दुवैले कान सुन्दैन थिए ।
टेक्सस स्कुल फर द डेफको पोस्टमा भनिएको छ, ‘हाम्रा टीएसडी सिनियर विद्यार्थीहरूमध्येकी एक केली हटलको हिजो म्यारील्यान्डको फ्रेडरिकमा भएको कार दुर्घटनामा दुःखद निधन भएको हृदयविदारक खबर साझा गर्दा हामीलाई अत्यन्तै दुःख लागेको छ। यस कठिन समयमा हाम्रो सहानुभूति केलीका परिवार, साथीभाइ, सहपाठी र उनलाई चिन्ने तथा माया गर्ने सबैसँग छ। यो समयमा हामीसँग धेरै सीमित जानकारी छ र सबैलाई केलीको परिवारको गोपनीयताको सम्मान गर्न तथा दुर्घटनाको परिस्थितिबारे अड्कलबाजी नगर्न अनुरोध गर्दछौँ ।’
हटल सन् २०२१ को ‘गडजिल्ला भर्सेस कङ’ र २०२४ को ‘गडजिल्ला एक्स कङस् द न्यु एम्पायर’ मा जिया नामक पात्रको भूमिकाका लागि परिचित छिन्। फिल्ममा उनी एक अनाथ बहिरी बालिकाको भूमिकामा थिइन्, जसको कङसँग गहिरो सम्बन्ध हुन्छ र डाक्टर एलेन एन्ड्र्युज (रिबेका हल) ले उनलाई संरक्षण दिन्छिन्।
‘गडजिल्ला एक्स कङः द न्यु एम्पायर’ का लागि हटल सर्वोत्कृष्ट युवा कलाकारको रूपमा स्याटर्न अवार्डका लागि मनोनीत समेत भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण