१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
सारांश
- कोशी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहेको छ, जहाँ नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारबाट बाहिरिने चर्चा छ ।
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सरकारले सय दिन पूरा गर्दा केही नीति असफल देखिएका र जनआक्रोश बढेको छ ।
- काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा विभाजन गर्ने सर्वोच्च अदालतको सुझाव कार्यान्वयनमा सर्वोच्च अदालतको अध्ययन प्रतिवेदनले रोक लगाएको छ ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
- कोशीमा सत्ता परिवर्तनको खेल
कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा विकसित हुँदै गरेको नयाँ राजनीतिक समीकरणको बाछिटा कोशी प्रदेशमा पनि परिरहेकै छ । एमाले नेतृत्वको कोशी सरकारबाट नेपाली कांग्रेस बाहिरिने भनिए पनि सो पार्टीले आधिकारिक निर्णय लिन भने सकेको छैन ।
- एकपछि अर्को धक्का
सुशासन र सामाजिक न्याय सहितको समृद्धिलाई मूल लक्ष्य मानेको सरकारले पछिल्लो समय एकपछि अर्को धक्का झेल्नु परेको छ। वालेन्द्र (बालेन) शाहको नेतृत्वमा चैत १३ गते सरकार गठन भएको थियो । मधुमास (सय दिन) पूरा गर्दासम्म सरकारका केही नीति असफल देखिएका छन् । सरकारका केही गलत नीतिका कारण समाजमा जनआक्रोश बढ्दै गएको देखिन्छ ।
- काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
५० हजार मुद्दाको चाप र दैनिक ५ हजार सेवाग्राहीको भिडले थिचिएको काठमाडौँ जिल्ला अदालतलाई तीन भागमा विभाजन गर्नका लागि दिएको सुझाव सर्वोच्च अदालतमा रोकिएको छ । सर्वोच्च अदालतको अध्ययन प्रतिवेदन कार्यान्वयन भएमा अब काठमाडौँका नागरिकले न्याय पाउन ‘वडा’ अनुसार तोकिएको फरक–फरक मुकाम ९इजलास० धाउनुपर्नेछ ।
- प्रदेश सत्ता राजनीति
दुई प्रदेशमा भएका पछिल्लो राजनीतिक घटनाले सरकारको भविष्यमाथि प्रश्न उठाएकोमात्र होइन, आवश्यकता अनुसार प्रदेशले आत्मनिर्णय गर्न सक्छ भन्ने उदाहरण पनि स्थापित गर्न खोजेको छ । एक वर्षको हाराहारीमा प्रदेश सभाको कार्यकाल बाँकी रहँदा प्रदेश सरकार फेरबदल गर्नु कति उचित हो भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ, प्रदेशको सरकारबारे पहिलो निर्णय प्रदेश तहबाटै हुन्छ भन्ने सन्देश सुदूरपश्चिम र कर्णाली प्रदेशले दिन खोजेका छन् ।
- किनारा लगाइए अर्थमन्त्री
पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरूसँगको बाक्लो भेटघाटमा व्यस्त छन् । तर, यो व्यस्तताको एउटा पाटो निकै खड्किएको छ । अर्थतन्त्रको मुख्य स्टेकहोल्डर मानिने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ती बैठकहरूमा पूर्ण अनुपस्थिति रहे ।
- फिफा विश्वकप २०२६
मौसमी रूपमा हुने सुस्त र आर्थिक मन्दीपछि तग्रिँदै गरेको अर्थतन्त्रलाई विश्वकप फुटबलले राहत दिएको छ । बर्खा र खेतीपातीको मौसमका कारण अफ सिजन मानिने व्यापार र सेवामूलक क्षेत्रमा फुटबलले रौनकता थपिदियो ।
फुटबल विश्वकप संसारकै सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता हो । यही मञ्चमा नयाँ सुपरस्टार जन्मिन्छन्, कतिपय खेलाडीका सपना टुट्छन् र केही खेलाडी भने इतिहासमा अमर बन्छन् ।
रातो जर्सी लगाएका खेलाडीहरू उफ्रिँदै आफ्ना खुसीले चिच्याइरहेका टोलीका साथीहरूमाथि श्याम्पेन छर्किरहेका छन् । वरिपरि चकलेट र रंगीन रिबन वर्षिरहेका छन् भने दर्शकहरू मोबाइलमा त्यो उल्लासपूर्ण क्षण कैद गरिरहेका छन् ।
- आत्मदाह प्रयास
काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्।
काठमाडौँको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ ।
कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।
- अनुदानको पर्खाइमा अलपत्र
यतिबेला काठमाडौँ चक्रपथ सडक खण्ड भएर यात्रा गर्ने जो–कोहीले एउटै कुरा महसुस गर्छन्, चरम अस्तव्यस्तता र सकस । कलंकीदेखि बसुन्धरा, सुकेधारा हुँदै धोबीखोलासम्मको सडक खण्ड अहिले सडक होइन, झाडी र घाँसको मैदानजस्तो देखिन्छ ।
- पछि हट्यो अर्थ मन्त्रालय
सुपर रेगुलेटरी निकायको रूपमा अन्य निकायमा गर्दै आएको माइक्रो म्यानेजमेन्टको अभ्यासबाट अर्थ मन्त्रालय पछि हटेको छ । सङ्घीय सरकारको बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले आफ्नो विगतको कार्यशैलीमा व्यापक परिवर्तन गरेको हो ।
- बसपार्क घटना
काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनुवारको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षीया सुनुवार साउन ३ मा गेस्टहाउसको कोठामा मृत भेटिएकी थिइन् ।
- दिल्लीको विद्यार्थी आन्दोलन
भारतको दिल्लीमा परीक्षा प्रश्न पत्र चुहावटको विरोधबाट सुरु भएको विद्यार्थी आन्दोलन अहिले देशको शिक्षा प्रणाली, संस्थागत जबाफदेहिता र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको शासन शैलीमाथि प्रश्न उठाउने व्यापक जनआन्दोलनका रूपमा विकसित भएको छ ।
- स्रोतमाथिको स्वामित्व
जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह–अस्तित्वको मर्मअनुसार बनाउन सरोकारवालाहरूले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण