साउदी अरबको जेद्दाहमा सुरु भयो अमेरिका र युक्रेनबिच वार्ता
जेद्दाह । साउदी अरबको जेद्दाह सहरमा युक्रेन र अमेरिकी टोलीबिच युक्रेन शान्ति वार्ता सुरु भएको छ । जेद्दाहको रिज–कार्टन होटलमा दुई देशका अधिकारीहरूबिच वार्ता भइरहेको हो ।
अमेरिकाले बन्द गरेको युक्रेनी सैन्य सहायता र आंशिक युद्धविराम गर्ने युक्रेनको प्रस्तावबारे पत्रकारहरूले सोधेको प्रश्नमा अधिकारीहरूले उत्तर दिन अस्वीकार गरेका छन् ।
वार्ताको नेतृत्व साउदी अरबको राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश मन्त्रीले गरेका थिए । वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँगै बसेका थिए ।
युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सहायक एन्द्रिए येर्माक वार्तामा थिए । उनको दायाँबायाँ युक्रेनी विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुतम उमेरोभ थिए । वार्तामा युक्रेन ‘निकै निकै नै खुला’ रहेको येर्माकले बताएका छन् ।
शान्ति वार्ताको प्रक्रिया कसरी सुरु गर्ने भनेर छलफल गर्नु निकै जरुरी भएको वार्ता अघि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए । अमेरिकाबाट सुरक्षा प्रत्याभूति निकै जरुरी भएको ताकि सम्झौतामा पुगेपछि रुसले दोहोर्याएर आक्रमण गर्न नसकोस् भन्ने उनको भनाइ थियो ।
शान्ति वार्ता सम्पन्न गर्न रुसले कब्जाा लिएको कति भूभाग छाड्न युक्रेन तयार छ भन्नेमा चाँहि येर्माकले केही पनि भन्न मानेनन् । अमेरिकी विदेशमन्त्री रुबियोमा वार्ता गर्ने हो भने युक्रेनले केही भूभाग छाड्नै पर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण