सरकारी लेटरहेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज वास्तोला पदमुक्त
काठमाडौँ । नेपाल सरकारको लेटरहेडमा ‘श्री ५’को सम्बोधन गर्ने पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक रमेशराज वास्तोला पदमुक्त भएका छन् ।
उनले केही दिनअघि पूर्वराजाको समर्थनमा एक विज्ञप्ति जारी गर्दै ‘श्री ५’को सम्बोधन गरेका थिए । यसपछि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण माग गरेकामा जवाफ चित्तबुझ्दो नभएपछि पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
‘यस मन्त्रालयको मिति २०८१।११।१३ को निर्णयअनुसार दुई वर्षको लागि पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धकमा नियुक्त रमेशराज वास्तोलालाई पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम मिति २०८१ ।११ । २५ गते लिखित स्पष्टीकरण सोधिएकोमा निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐ. कार्यविधिको दफा ५ बमोजिम मिति २०८१।११।२६ (मा. मन्त्रीस्तर) को निर्णयअनुसार निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण