मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न युवा संघको माग

मङ्गलबार, २७ फागुन २०८१, १७ : ५८
मङ्गलबार, २७ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र आङदाङवेसहित नेता विश्वदीप राजवंशी र अजय खवासमाथि गएराती झापाको बिर्तामोडमा भएको आक्रमणको भर्त्सना गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । 

संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले मंगलबार विज्ञप्ति जारी गर्दै ज्यान मार्ने उद्देश्यले भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

‘यस किसिमको अराजकता, अशान्ति र आपराधिक गतिविधिको नियन्त्रण गर्न कानुनी राज्यको कर्तव्य हो । घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राऊ गरी हदैसम्मको कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ’, युवासंघले विज्ञप्तिमा भनेको छ ।

u

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप