आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न युवा संघको माग
मङ्गलबार, २७ फागुन २०८१, १७ : ५८
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र आङदाङवेसहित नेता विश्वदीप राजवंशी र अजय खवासमाथि गएराती झापाको बिर्तामोडमा भएको आक्रमणको भर्त्सना गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
संघका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले मंगलबार विज्ञप्ति जारी गर्दै ज्यान मार्ने उद्देश्यले भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘यस किसिमको अराजकता, अशान्ति र आपराधिक गतिविधिको नियन्त्रण गर्न कानुनी राज्यको कर्तव्य हो । घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राऊ गरी हदैसम्मको कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ’, युवासंघले विज्ञप्तिमा भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण