राजनीति
समाजवादी मोर्चाले भन्यो– राजावादीको प्रदर्शन दुर्घटनाको कुचेष्टा
मङ्गलबार, २७ फागुन २०८१, १८ : १६
१
काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको मोर्चाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए ।
‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । वस्तुनिष्ट ढंगले विश्लेषण गरेको छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेको छौँ’, उनले भने ।
मोर्चाले २५ गते राजावादीको जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण