पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
बुधबार, २८ फागुन २०८१, ०९ : ५२
गोरखा । भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो । पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण