‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया
बुधबार, २८ फागुन २०८१, १० : ४९
काठमाडौँ । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९की विजेता तेरिया फौजा मगरले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।
अनिल बुढा मगरको निर्देशन रहने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा उनी हालै अनुबन्धित भएकी हुन् । फिल्मको अभिनेतामा दयाहाङ राई यसअघि छानिएका थिए ।
तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘युन की यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा काम गरेकी थिइन् । जनक घर्तीमगरको लगानी रहने फिल्ममा जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।
फिल्ममा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने निर्माण युनिटले जनाएको छ । फिल्मको प्रदर्शन मिति २०८२ चैत २७ गते तोकिएको छ । फिल्म महेश राईले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण