स्ववियु निर्वाचन : अहिलेसम्म ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएका छन् । ती क्याम्पसहरूमा एक पदमा एउटा मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । तर, सम्बन्धित क्याम्पसको निर्वाचन समितिले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
निर्वाचन कार्यतालिकाअनुसार २८ गते उम्मेदवारहरूको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छन् । त्यसपछि २९ गते अपराह्न ४ बजे प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । एक जनाको मात्रै उम्मेदवारी परेकाहरूको हकमा निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने बेला नै विजयी घोषणा गर्नेछ ।
विभिन्न संगठनहरूबाट प्राप्त विवरण अनुसार हालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) ले हालसम्म देशभरका ३३ वटा क्याम्पसको स्ववियु अध्यक्ष निर्विरोध जितेको छ । नेविसंघ प्रवक्ता सुरज सेजुवालले हालसम्म ३३ वटा क्याम्पसमा नेविसंघले निर्विरोध निर्वाचित भएको बताए ।
त्यस्तै अनेरास्ववियुले हालसम्म ३० वटा कलेजमा स्ववियु अध्यक्षसहित विभिन्न पदमा निर्विरोध निर्वाचित भएको छ । अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले हालसम्म ३० वटा कलेजमा स्ववियु अध्यक्षसहित विभिन्न पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएको बताए ।
त्यस्तै अखिल क्रान्तिकारीले हालसम्म २५ वटा क्याम्पसहरूको स्ववियु अध्यक्षसहित विभिन्न पदमा निर्विरोध निर्वाचित भएको छ । अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले हालसम्म २५ क्याम्पसमा निर्विरोध निर्वाचित भएको विवरण आएको बताए ।
कतिपय क्याम्पसहरूमा उनीहरूका पुरै प्यानल नै निर्वाचित भएका हुन् । काठमाडौँ उपत्यकाका २२ वटा त्रिविका आङ्गिक क्याम्पसहरूमध्ये ६ वटा क्याम्पसमा उम्मेदवारी दर्ताको प्रकृया अवरुद्ध भएको छ । नेपाल ल, शंकरदेव, पद्यमकन्या, सरस्वती क्याम्पस, पब्लिक यूथ क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको हो ।
स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैठौं, अखिल (क्रान्तिकारी) बहुमत लगायत विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले ३०० भन्दा बढी क्याम्पसहरूमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण