आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । आर्मी क्लबले बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको हो ।
जितसँगै आर्मी क्लब दुई खेलबाट चार अंक बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा आर्मी क्बले बागमती प्रदेशलाई एक सय ३४ रनको फराकिलो अन्तरले हराएको थियो ।
जारी प्रतियोगितामा हालसम्म तीन खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो दोस्रो हार हो । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग ७९ रनले पराजित भएको थियो । सुदूरपश्चिम प्रदेशले आफ्नो दोस्रो खेलमा भने गण्डकी प्रदेशलाई ६ विकेटले हराएको थियो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा बुधबार खेलिएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम प्रदेशले ४५.३ ओभरमै अलआउट हुनुअघि एक सय १७ रनमात्र बनाउन सक्यो । आर्मी क्लबले भने २३.५ ओभरमै केवल दुई विकेट गुमाएर एक सय १९ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
आर्मी क्लबको जितमा ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले अविजित ५५ रनको योगदान गरे । उनले ६३ बलको सामना गरी १० वटा चौका पनि हिर्काए । सन्तोष र तृतराज दासले ओपनिङ विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
तृतराजले पनि टोलीका लागि ३१ रनको योगदान गरे । उनले ४८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारीले अविजित २० रन बनाए । उनले २५ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १२ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल र मिलन बोहराले एक–एक विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले अविजित ४९ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चलले लामो समय क्रिजमा टिकेर एक सय २१ बलको सामना गरी दुई चौका हिर्काएका थिए ।
सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । सुनिल चन्द र कप्तान नारायण जोशीले १६–१६ रन बनाए । सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा १३ रन पायो । आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै केवल १९ रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण